काठमाडौँ – गोल मेसिन अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले स्पेनिश लिग ला लिगाको यो सिजनमा २६ गोल गरिसकेका छन् ।
फिफा बर्ष खेलाडी बन्न नसकेका मेस्सी यसपटक बढी सजक भएर खेलिरहेका छन् । यसपटक उनी प्रमुख दावेदार बन्नेछन् । उनले २५ खेलमा २६ गोल गरेका हुन् ।
उनको गोलको मद्धतले आइतबार राति लिग लिडर बार्सिलोनाले जिरोनामाथि २–० को सहज जित निकालेको छ । नवौं मिनेटमा नै नेल्सन सेमेडोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
५१ औं मिनेटमा स्पिनोसाले दोहोरो पहेंलो कार्ड खाएपछि जिरोना १० जनामा समेटियो ।
खेलको ६८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन सकेन र खेल बार्सिलोनाले जित्यो ।
जितपछि बार्सिलोनाले २१ खेलबाट ४९ अंक बनाएको छ । पराजित जिरोनाको भने २४ अंक रहेको छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ४४ अंक छ । तेस्रो स्थानको रियाल मड्रिडको ३९ अंक भएको छ ।
रियाल मड्रिडले आइतबार राति स्पानियोललाई ४–२ ले हरायो । करिम बेन्जेमाले २ तथा सर्जियो रामोस र ग्यारेथ बेलले १–१ गोल गरे ।
प्रतिक्रिया