अख्तियार असई अख्तियारकै फन्दामा

ssapana44@gmail.com' jamuna aryal
१४ माघ २०७५, सोमबार ०८:२६

सुर्खेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुससहित पक्राउ गरेको हो । 

एकजना इन्जिनियरसँग घुस बार्गेनिङ गरेपछि उनीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा टेलिफोनबाट उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौँबाट खतिएको अख्तियारको विशेष टोलीले ती इन्जिनियरबाट लिएको चार लाख रुपैयाँ घुससहित अधिकारीलाई पक्राउ गरी हिरासतमा लिइएको हो । अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले घुस दिने इन्जिनियरको नाम खुलाएको छैैन । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१