‘ग्लोबल टिचिङ प्राइज’ का लागि शिक्षक शमशेरबहादुर थापा छनौट

ssapana44@gmail.com' jamuna aryal
१३ माघ २०७५, आईतवार ०९:४५

बेसीसहर – लमजुङका शिक्षक शमशेरबहादुर थापा अन्तर्राष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन्। विश्वका १७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपालबाट थापा छानिएका हुन्।

अनलाइन माध्यमबाट उक्त पुरस्कारको दाबी गर्दै १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए। तीमध्येबाट ३८ देशका ५० जना छनौैट भएको थापाले बताए। बेलयती संस्था भार्की फाउन्डेसनले वार्षिक रुपमा दिने यो पुरस्कारको राशि एक मिलियन अमेरिकी डलर (१० करोड १२ लाख रुपैयाँभन्दा बढी) छ।* त्यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा सार्वजनिक हुनेछ।

यदि आफू पुरस्कृत भएमा पुरस्कारको रकम कक्षा ५ र ६ का विद्यार्थीहरुका लागि कक्षाकोठा बनाउन खर्चिने थापाले बताएको भार्की फाउन्डेसनको वेबसाइटमा रहेको उनको प्रोफाइलमा उल्लेख छ । 

बेसीशहर–३, गाउँशहरका थापा ८ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल रहे। थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमीको   खोले।

अंग्रेजी माध्यमबाट पढाइ हुने ती विद्यालयमा फि अनिवार्यता छैन। गरीब परिवारका विद्यार्थीले सो विद्यालय पढ्छन्। हेभेन हिल एकेडेमीमा कक्षा–४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्राथमिक शिक्षाको पढाइ हुँदै आएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१