संसार जित्ने योजनामात्र भएर हुँदैन, आत्मविश्वास चाहिन्छ: शृंखला खतिवडा

ssapana44@gmail.com' jamuna aryal
१३ माघ २०७५, आईतवार ०९:३३

काठमाडौं – पछिल्लो समय चर्चा कमाउन सफल नेपाल सुन्दरी शृंखला खतिवडाले शनिवार विहान कलेजका बिद्यार्थीसँग साक्षात्कार गरेकी छिन् । ब्यक्तित्व विकासमा शिक्षाको भूमिका बिषयमा उनले प्रिसिडेन्टियल बिजनेश कलेजमा अन्तक्रिया गरेका छिन् ।नेपाल सुन्दरी हुँदै विश्व सुन्दरी प्रतियोगितामा दुई अवार्ड जितेकी शृंखलाले कसरी आत्मविश्वासी बन्ने भन्ने बिषयमा आफ्नो धारणा राखेकी थिइन ।

बिद्यार्थीहरुसँग उनले आफ्नो बाल्यकालदेखि विश्व सुन्दरी प्रतियोगितासम्मको अनुभव सुनाएकी थिइन । आत्म विश्वासी भएकै कारण आफु केही हदसम्म सफल भएको बताइन । कलेजका बिद्यार्थीले उनलाई दर्जनौ प्रश्नहरु गरेका थिए । तर उनले सवैका जवाफ सुन्दर तरिकाबाट मात्र दिइनन्, आत्मविश्वासी बन्ने केही टिप्सहरु पनि दिइन । ‘संसार जित्ने योजनामात्र भएर हुँदैन, आत्मविश्वास चाहिन्छ’, उनले भनिन् । विद्यार्थीलाई आफ्नो भावी योजना बनाउँदा आत्मविश्वासी बन्न आग्रह गरिन ।

विश्व सुन्दरी प्रतियोगितामा आफुले सवैभन्दा ठुलो कुरा आत्मविश्वासी बन्न सिकेको बताइन । ‘मैले जितेका अवार्डले केही समयमात्र चर्चा पाउँछन् तर ममाथी पैदा भएको आत्मविश्वास जीवनभर रहन्छ’, उनले भनिन् । बीबीएका विद्याथीहरुलाई जीवनको यात्रामा शिक्षाले कस्तो भूमिका खेल्छ भन्ने बिषयमा उनले लामो चर्चा गरेकी थिइन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१