काठमाडौं – ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा तीन सय बढी बेपत्ता भएका छन् । उद्धारकार्य तीव्र पारिएको अधिकारीरुले जनाएका छन् ।
मृत्यु हुनेको संख्या अहिलेसम्म ३४ पुगेको बीबीसीले जनाएको छ । बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।
मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेको र ठूलो क्षति भएको हो ।
उद्धारकर्मीहरुले ५० जनाको उद्धार गरिएको जनाएका छन् । ती मध्ये २३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया