यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

ssapana44@gmail.com' jamuna aryal
१२ माघ २०७५, शनिबार १४:२०

काठमाडौं – एकदीवसीय र टी–ट्वीन्टी श्रृंखला खेल्न यूएई भ्रमणमा रहेको नेपालली क्रिकेट टोलीले अहिले यूएईसँग दोस्रो एकदिवसीय खेल खेलिरहेको छ । आईसीसी एकेडेमी दुबइ रंगशालामा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

नेपालको पहिलो विकेट गुमेको छ विनोद भण्डारी २१ रन बनाएर आउट भएका छन् । पारस खड्का आएका छन् । १५.४ ओभरको खेल सकिँदा नेपालले १ विकेटको क्षति  ६२ रन बनाएको छ । 

नेपालका लागि ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले ओपनिङ गरेका छन् ।  आजको खेलमा नेपाली ब्याट्सम्यानले सम्मालिएर ब्याटिङ गरिरहेका छन् ।  यो समाचार तयार पार्दासम्म नेपालले १३ ओभरको खेल सकिँदा बिना विकेटको क्षति  ५२ रन बनाएको छ ।  मल्ल  ३४ र भण्डारी १७ रन बनाएर खेलिरहेका छन् । 

शुक्रबार खेलेको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१