विश्वले जलवायु परिवर्तनविरुद्धको दौडमा हार्ने

ssapana44@gmail.com' jamuna aryal
११ माघ २०७५, शुक्रबार ०८:३३

स्विट्जरल्याण्ड – विश्वले जलवायु परिवर्तनविरुद्धको दौडमा हार्ने अवस्था आएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् । 

बिहीबार स्विट्जरल्याण्डको डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका नेताहरूको अनौपचारिक’ भेलामा बोल्दै उनले विश्वका सरकारहरूले जलवायु परिवर्तनबाट आउनसक्ने विनासकारी तापमान वृद्धिलाई रोक्न साहसी कदम चाल्नुपर्ने बताए । 

जलवायु परिवर्तन हाम्रो समयको जटील समस्या भएको छ । हामीले जलवायु परिवर्तन समस्या समाधान गर्ने दौडमा हारको सङ्घारमा पुगेका छौँ । उनले भने “जलवायु परिवर्तनबारे विश्वमा देखिएका प्रवृत्तिलाई उल्ट्याउन निर्वाद रूपले लाग्नुपर्ने देखिएको छ ।” 

गएकाे महिना पोल्याण्डमा सम्पन्न जलवायुबारे पेरिस सम्झौतालाई अघि बढाउने योजनाका साथ आएको संयुक्त राष्ट्रसंघको सम्मेलनपछि भएको विश्व नेताहरूको भेलामा गुटेर्रेसले विश्वले आवश्यक समाधान निकाल्नेमा आफू ‘आशावादी नरहेको’ बताए । उनले भने “हामीमा राजनीतिक इच्छाशक्ति रहनु आवश्यक छ र सवै देशका सरकारहरूले आफ्नो समयको प्राथमिकतालाई बुझ्नु सवैभन्दा महत्वपूर्ण विषय हो ।” 

पेरिस सहमतिबाट संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देश पछि हट्ने बताएपछि जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्ने विश्वका नेताहरूको सङ्कल्पमा समस्या उब्जिएको थियो । अमेरिकाको निर्णयसँगै ब्राजिल पनि अमेरिकालाई पछ्याउने बाटोमा देखिएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१