चिसो बढेसँगै मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढ्दो

ssapana44@gmail.com' jamuna aryal
११ माघ २०७५, शुक्रबार ०८:३१

काठमाण्डाै – चिसो बढेसँगै मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएञ्जा) का बिरामीको सङ्ख्या बढेको छ । 

चिकित्सकका अनुसार मौसमी रुघाखोकी नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने एक किसिमको सङ्क्रमण हो । जाडो मौसम तथा मौसम परिवर्तन हुने बेलामा रुघाखोकीसहित ज्वरोको सङ्क्रमण बढ्छ । विभिन्न अस्पताल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउने बिरामी बढेको ती निकायले जानकारी दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  (न्याम्स) अन्तर्गतको वीरअस्पतालका डा. सरोज अधिकारीका अनुसार अस्पतालमा दैनिक ५०/६० बिरामी मौसमी रुघाखोकीका हुन्छन् । 

उहाँले भन्नुभयो, “गएको वर्षको तुलनामा यसपटक रुघाखोकीका बिरामी धेरै देखियो । यसको कारण चिसो, बढ्दो धुलो धुवाँको असर हुनसक्छ ।” राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा इन्फ्लुएञ्जा रोग पहिचान गर्न निःशुल्क परीक्षण हुने गरेको छ । प्रयोगशालाले गएको मङ्सिर र पुस महीनामा ३३४ बिरामीको घाँटीको र्‍यालको नमूना परीक्षण भएकामा १४६ मा सिजनल इन्फ्लुएञ्जा ए एचवान एनवान पिडिएम नाइन देखिएको जनाएको छ । तर कडा खालको इन्फ्लुएञ्जाले मृत्यु हुनसक्ने जोखिम रहन्छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इन्फ्लुएञ्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा/हाच्छिउ गर्दा सर्न सक्छ । प्रायः रुघाखोकीका रुपमा इन्फ्लुएञ्जा देखा पर्दछ । रुघाखोकी सामान्यत आफैँ पनि निको हन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१