हिमपातका कारण तीन दिनदेखि बेपत्ता चारजना पर्वतारोही सम्पर्कमा

ssapana44@gmail.com' jamuna aryal
११ माघ २०७५, शुक्रबार ०८:२५

सोलुखुम्बु – हिमपातका कारण तीन दिनदेखि बेपत्ता चारजना पर्वतारोही सम्पर्कमा आएका छन् । संखुवासभामा पर्ने मकालु आधार शिविरबाट सम्पर्कविहीन बनेका खुम्बु पासमङल्हामु गाउँपालिका १ का पेम्वा जाङ्बु शेर्पा, दारिन्जी शेर्पा, पेम्वारिन्जी शेर्पा र पासाङ गेलु शेर्पा याङली भन्ने ठाउँबाट सम्पर्कमा आएका हुन् । 

उनीहरु बिहीबार साँझ स्याटलाइट फोनमार्फत सम्पर्कमा आएको उनीहरुलाई पदयात्रामा लैजाने ट्रेकिङ कम्पनी आईएएम ट्रेक्स प्रालिका प्रबन्धक फुनुरु शेर्पाले जानकारी दिनुभयो । उनीहरुलाई शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ लगिने प्रबन्धक शेर्पाले बताउनुभयो ।

‘पहिलो हिउँदे उच्च ग्रेट हिमालयन ट्रेल’ को यात्रामा हिँडेका चारजना पर्वतारोही मध्यभागमा पुगेपछि निरन्तर हिमपातका कारण अलपत्र परेको बताइएको छ । ‘जर्मन–नेपाल फ्रेण्डसिप ट्रेक’ नाम दिएर हिउँदमा पनि उच्च क्षेत्रमा पदयात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन उच्च ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्केको ट्रेकिङ कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१