जापान एसियन कप फुटबलकाे सेमिफाइनलमा प्रवेश

ssapana44@gmail.com' jamuna aryal
११ माघ २०७५, शुक्रबार ०८:१६

जापान एसियन कप फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।

यूएईमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको खेलमा जापानले भियतनामलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले पनि निर्णायक गोल जापानले दोस्रो हाफमा गरेको हो । भियतनामका खेलाडीले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई जापानले गोलमा परिणत गरेको हो ।

जापानका लागि ५७ औं मिनेटमा रिट्सु डुवानले पेनाल्टी मार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१