चिकित्सा शिक्षा विधेयक, ‘मुठभेड’ हुने कांग्रेस नेताको चेतावनी

ssapana44@gmail.com' jamuna aryal
११ माघ २०७५, शुक्रबार ०८:१३

काठमाडौं – चिकित्सा शिक्षा विधेयक शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना छ।

मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्घाघम्सी र तनावपछि बैठक स्थगित भएको थियो। संसद् सचिवालयले शुक्रबारको बैठकमा विधेयक पारित गर्ने एक मात्र एजेन्डा राखेको छ। तर आफ्ना माग पूरा नभई पारित गर्न खोजे ‘मुठभेड’ हुने कांग्रेस नेताहरूले चेतावनी दिएका छन्। कांग्रेसले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघमातहत मान्यता दिनुपर्ने अडान राख्दै आएको छ।

सभामुख कृष्णबहादुर महराले शान्तिपूर्ण तवरले विधेयक पारित गर्ने तयारी भइरहेको बताएका छन्। ‘कांग्रेसले उठाएको अस्पतालसम्बन्धी माग र चिकित्सा विधेयक फरक फरक विषय हुन्’, उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण तवरले पारित गर्न सहयोग गर्नुहोस् भन्ने कांग्रेससँग आग्रह छ।’ विषयगत समितिमा चिकित्सा विधेयकमाथि कांग्रेस प्रक्रियागत रूपमा सहभागी भएको उल्लेख गर्दै उनले भने, ‘समितिमा प्रक्रियामा भाग लिने तर हाउसमा रोक्ने भन्ने हुँदैन। मर्यादित भएर कांग्रेसले संसदीय प्रक्रियामा भाग लिनुपर्छ।’

कांग्रेसले राखेका मागबारे प्रधानमन्त्री केपी ओलीले संसद्मा जवाफ दिइसकेको र आफूले पनि सरकारको विशेष ध्यानाकर्षण गरिसकेको हुँदा कांग्रेसले अवरोध गर्न नहुने महराको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१