भारतका डा. गोविन्द कोहले र उनकी श्रीमती डा. स्मिता कोहलेले एक रुपैयाँ शुल्कमा बिरामीको उपचार गर्ने गर्छन्। उनीहरुले विगत ३२ वर्ष देखि मेल्घट भन्ने ठाउँको एउटा दुर्गम गाउँमा एकजना बिरामीबाट १ रुपैयाँ मात्र शुल्क लिएर सेवा दिने गरेका हुन्।
नि:स्वार्थ सेवा गर्ने अठोटका साथ एमबिबिएस पढेका डा. गोविन्दले मानिसहरु विभिन्न रोग र बालबालिकाहरु कुपोषणका कारण मरिरहेको उक्त ठाउँको बारेमा पत्रिकाबाट थाहा पाएका थिए । त्यसपछि त्यहाँ गएर नि:स्वार्थ सेवा गर्न थालेका उनलेत्यहीं बसेर सेवालाई निरन्तरता दिने अठोट गरे ।
बिहे गर्दा पनि उनले एउटा बिरामीबाट १ रुपैयाँ मात्र शुल्क लिइने हुँदा ४० रुपैयाँले महिनाको खर्च धान्नुपर्ने शर्त राखेका थिए, जसलाई डा. स्मिताले सहर्ष स्विकारिन्। अहिले सम्म पनि खुशीका साथ दुवै जनाले गाउँलेहरूको सेवा गरिरहेका छन् ।
प्रतिक्रिया