तस्बिरमा तेरियामगर, फोटोफिचर

ssapana44@gmail.com' jamuna aryal
१० माघ २०७५, बिहीबार १८:२२

काठमाण्डौँ – नेपालको चेली सन् २०१४ मा भारतको जी टीभीको ‘डान्स इन्डिया डान्स लिटिल मास्टर’ मा पहिलो स्थान पाएकी तेरियाको पूरा नाम तेरिया फौजा मगर हो । उनको घर रुपन्देही जिल्लाको रुद्रपुर गाविस सुनगाभाचोक साबिकको कन्चन गाउँपालिकामा हो ।उनको जन्म वि.सं २०५९ श्रावन २७ मा भएको हो ।

त्यसैगरी उनले भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने रियालिटी शो ‘झलक दिखला जा’ सिजन ९ मा पनि विजयी हासिल गरिन साथसाथै आफ्नो कुशल नृत्यकै कारण उनी विश्वभर चर्चामा छाएकी छिन ।उनले यस्तै आफ्नो प्रतिभा र कलाहरुकै कारण २० भन्दा बढी देशहरूमा नाच गरिसकेकी छिन भने उनलाई अहिलेसम्म लगभग ४ सय बढी संघसंस्थाले सम्मान गरिसकेका छन् ।त्यसैगरी नेपाल र भारतका थुप्रै ठाउँहरुमा नाचेरै उनले धेरै उपाधि हात पारिरहेकी छिन । हाल उनको कलाको र गलाको विश्वले खोजी गरिरहेको छ ।साथै उनले विश्वलाइ जित्नेमा आम मासको हौसला रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१