२ डिग्री सेल्सियसको तापक्रममा बरफ झै जमेर मृत्यु

ssapana44@gmail.com' jamuna aryal
१० माघ २०७५, बिहीबार १८:१५

एजेन्सी । ताइवानी आरोही गिगी वु सामाजिक सञ्जालमा निकै चर्चित अनि भाईरल गिगी बिकिनी हाइकरको रुपमा पनि चर्चिएत थिईन् । किनकी उनले हिमाल तथा पहाडको चुचुरोमा आरोहणपछि बिकिनी लगाएर तस्बिर खिचाउने गर्थिन् । उनले त्यसरी खिचेका तस्बिरहरु सामाजिक सञ्जालमाफर्त विश्वभर भाईरल हुने गथ्र्यो । ३६ बर्षीय गिगी जनवरी ११ मा एक्लै पहाडको यात्रामा निस्किएका थिईन् ।

जुन बेला उनी लडेर घाईते भईन् । एउटा खोल्सामा खसेकी उनलाई निकै चोट पनि लाग्यो । उनी खोल्सामा अड्किएपछि निक्लिन सकिनन् । त्यसपछि उनले साथीहरुलाई सेटलाइट फोनमार्फत आफुलाई मद्धत चाहिएको बताएकी थिईन् । लगत्तै उनको उद्धारको लागि हेलिकप्टर पनि पठाईयो तर मौसममा खराबी आएपछि हेलिकप्टर ल्याण्ड हुन सकेन फलस्वरुप २ डिग्री सेल्सियसको तापक्रममा उनी बरफ झै जमिन् ।

अन्तत उनको मृत्यु भयो । गिगीको शव समुन्द्री सतहभन्दा करिब १७०० मिटरमा भेटिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । यसअघि पनि यात्राकै क्रममा धेरै पटक घाईते भएकी गिगी चाहिने उपकरण र सावधानीमा सधै सजग रहन्थिन् तर मानो पुगेपछि जुनसुकै सावधानी पनि कमजोर बनिदिन्छ ।

सुरुमा साथीहरुसंग कुनै बिषयमा बाजी थापेकी गिगीले हारेपछि हिमालमा गएर बिकिनीमा फोटो सुट गर्नुे पर्ने सर्त अनुसार उनले काम गरिन् तर पछि उनले यसलाई हबी नै बनाएकी थिईन् । जसको कारण आज उनको मृत्यु पनि भयो।

हेर्नुस् उनका केहि तस्वीरहरु: 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१