नेपालगञ्ज भन्सार कार्यालय ६ महिनामा ६ अर्बभन्दा बढी राजश्व संकलन

ssapana44@gmail.com' jamuna aryal
८ माघ २०७५, मंगलवार ०८:४४

बाँके – नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्बभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।  

चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्म पाँच अर्ब ६७ करोड १८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा ६ अर्ब २० करोड ५८ लाख रुपैयाँ संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिनुभयो । 

यथार्थपरक वर्गीकरण र विशेष निगरानी गर्न थालेपछि राजश्व असुली बढेकाे प्रमुख भन्सार अधिकृत निरौलाले दावी गर्नुभयो ।  

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिना बाहेकका पाँच महिनामा राजश्व संकलन लक्ष्यभन्दा बढी संकलन भएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१