यूएईविरुद्धको नेपाली टाेली घोषणा: चार नयाँ अनुहार

ssapana44@gmail.com' jamuna aryal
६ माघ २०७५, आईतवार १७:१०

काठमाडौं – नेपालको राष्ट्रिय क्रिकेट टीममा चार युवा क्रिकेटरले एकै पटक प्रवेश पाएका छन् ।

यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा हुँदा युवा क्रिकेटरहरु पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की र अविनाश बोहोरा अटाएका हुन् ।

टाेलीमा चार नयाँ अनुहारहरु परेका छन् । यही माघ १३ गतेबाट यूएईमा हुने प्रतियोगिताका लागि घोषणा भएको टिममा पवन सराफ, सन्दिप जोरा, अभिनाश बोहरा र भिम सार्कीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

नेपालबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्न लागेका यी चार खेलाडी  यू–१९ टिमबाट आएका हुन् ।

पछिल्लो पटक घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेर क्याम्पमा पनि राम्रो गरेका कारण चार जनाले पहिलो पटक टिममा स्थान बनाएका हुन् ।

तर यसपटक यूएईविरुद्धको सिरिजमा अनुभवी खेलाडी शरद भेषावकरले नखेल्ने भएका छन् । क्याम्पमा रहे पनि अन्तिम समयमा बिरामी परेका कारण शरदले टिमबाट नाम फिर्ता लिएका छन् ।

यसअघि विश्व क्रिकेट लिग अन्तर्गत हङकङ विरुद्धको दुई खेलमा पनि उनी बिरामी भएका कारण घर फर्किएका थिए । यस्तै नेदरल्याण्ड्सविरुद्धको दोस्रो एक दिवसीय खेल पनि चोटका कारण गुमाएका थिए ।

आईसीसी प्रतिनिधी इमानुल एस्लामको परामर्श र प्रशिक्षक जगत टमाटा तथा कप्तान पारस खड्काको सल्लाहमा तयार पारिएको टिम यस्ताे छ ।

पारस खड्का -कप्तान, ज्ञानेन्द्र मल्ल, अभिनाश बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, भिम शार्की, विनोद भण्डारी, दिपेन्द्र ऐरी, करण केसी, ललित राजवंशी, आरिफ शेख, पवन सराफ, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा 

यो प्रतियोगिताका लागि लेग स्पिनर सन्दीप लामिछाने साेमबार नेपाल आइपुग्नेछन् ।


प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१