शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित

ssapana44@gmail.com' jamuna aryal
६ माघ २०७५, आईतवार १५:२८

भादगाउँभक्तपुर नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । 

नगरपालिकाले स्थायी बसोवास गर्ने गरीब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने निर्णय सर्वसम्मतिले पारित गरेको छ । निर्देशिकाअनुसार विधायन समितिका संयोजक हरिराम सुवालले नपाको बजेटलाई ध्यानमा राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । 


निर्देशिका पारित गर्नुअघि नगरसभामा सदस्य जीतेन्द्र मुनकर्मी, हरिरत्न गोर्खाली, गोविन्द दुवाल, सिद्धिराम अवाल, बलराम न्हिसुतु, पूर्णगोपाल राजचल, श्यामसुन्दर माता, रञ्जना त्वाती र राजेन्द्र माकलगायतले शैक्षिक ऋण दुरुपयोग हुनेप्रति सचेत हुनुपर्ने, ऋण चुक्ता गर्ने समायावधि थप्नुपर्ने, पुस्तौंदेखि नगरमा बसोवास गर्दै आएका स्थायी नगरवासीलाई मात्र ऋण दिनुपर्ने, ऋणको ब्याज लाग्ने समय स्पष्ट हुनुपर्नेलगायतका सुझाव दिनुभएको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१