मेक्सिकोको इडाल्गोमा तेलको पाइपलाइनमा विस्फोट हुँदा ७१ जनाको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
६ माघ २०७५, आईतवार १०:५८

काठमाण्डौँ – मेक्सिकोको इडाल्गोमा शुक्रबार साँझ तेलको पाइपलाइनमा विस्फोट हुँदा ७१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस घटनामा दर्जनौँ घाइते भएका छन् । 

सरकारी स्वामित्वको प्रमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रुपमा तेल निकालेका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

राष्ट्रपति एन्ड्रेस म्यानवेल ओर्बयाडोरले तेल चोरी रोक्न आवश्यक कदम चाल्ने बताएका छन् । इडाल्गोमा गएको वर्ष तेलचोरीबाट राज्यलाई तीन अर्ब डलर बराबरको नोक्सानी भएको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१