सर्लाही– सर्लाहीको ब्रमपुरी गाउँपालिका ३ मा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । बसको ठक्करबाट स्थानीय रामबाबु मुखियाकी आठ वर्षीया छोरी सोनाली मुखियाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३ ख १९१२ नम्बरको बसले बाटो पार गर्ने क्रममा ठक्कर दिँएको हो ।
बालिकाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीको भनाइ छ । बालिकालाई ठक्कर दिने बस ईश्वरपुरबाट त्रिभुवन नगर आउँदै थियो । प्रहरीले बस नियन्त्रण लिएको छ भने चालक फरार छन्।
प्रतिक्रिया