अष्ट्रेलियामा अत्यधिक गर्मी , जनजीवन प्रभावित

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १२:३६

काठमाण्डौँ – अष्ट्रेलियामा गर्मी अत्यधिक बढेको छ । उच्च तापक्रमका कारण अस्ट्रेलियाको केही भुभागको जनजीवन प्रभावित भएको छ । बुधबार न्यू साउथ वेल्सका विभिन्न ९ ठाउँमा सबैभन्दा गर्मी भएको त्यहाँको मौसम विभागले जनाएको छ ।

मौसम विभागका अनुसार न्यू साउथ वेल्सको ह्वाइटक्लीफमा बुधबार दिउँसो  साढे तीन बजेको तापक्रम ४८.३ डिग्री सेल्सियस रहेको थियो । जुन अहिलेसम्म मापन भएको सबैबढी तापक्रम हो ।

विल्कानियाको सुदूरपश्चिममा, मेनिन्डी र इभानह्वोइमा बिहीबार तापक्रम ४८ डिग्री सेल्सियस पुगिसकेको छ । तापक्रम अझै बढ्ने क्रममा रहेको त्यहाँको मौसम विभागले जानकारी दिएको छ ।

न्यू साउथ वेल्समा पर्ने एल्बोरी र वोडोङगाको भिक्टोरिया बोर्डर शहरमा पनि तापक्रम ४५ डिग्री पुगिसकेको छ ।

अत्याधिक गर्मी बढेपछि सरकारले जरुरी काम बाहेक नागरिकलाई बाहिर ननिस्कन भनेको छ । अघिल्लो २४ घण्टाको तथ्याङ्कलाई आधार मान्दै अझै तापक्रम बढ्न सक्ने भन्दै नागरिकलाई सचेत गराइएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१