सुरक्षित समुदाय विकास र समृद्धिका लागि बलियो आधार: गृहमन्त्री

ssapana44@gmail.com' jamuna aryal
२ माघ २०७५, बुधबार १५:१८

ललितपुर – गृहमन्त्री रामबहादुर थापाले सुरक्षित समुदाय विकास र समृद्धिका लागि सबैभन्दा बलियो आधार भएको बताउनुभएको छ । 

२१ औं भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुरको पाटनमा भएको कार्यक्रममा उहाँले समुदाय सुरक्षित बनाउन तीन तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले सरकारले आवश्यक ऐन नियम र प्राविधिक पक्षलाई सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो । भूकम्प, बाढिपहिरो, आगलागीजस्ता प्रकोप न्यूनीकरण गर्न स्थानीय सरकारलाई बढी स्रोत–साधन सम्पन्न बनाउनुपर्ने भन्दै उहाँले पूर्व तयारी र राहत, उद्धार जस्ता कामलाई प्राथमिकता दिएको पनि बताउनुभयो । 
उहाँले विगतका प्रकोप र त्यसले पारेको असरबाट पाठ सिकेर नागरिक आफै पनि सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । 

यस वर्ष ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नारासहित २१ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । 
विक्रम संवत १९९० सालमा गएको भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१