संसारकै अनौठा होटल यी १० तस्बिरमा

ssapana44@gmail.com' jamuna aryal
२ माघ २०७५, बुधबार ०८:३४

एजेन्सी । संसारमा हजारौँ हजार शानदार होटलहरु छन् । तर ती सबै आ- आफ्नो भव्यताका लागि चर्चित छन् । तर आज हामी विश्वको यस्तो होटलको जानकारी दिँदैछौ जसको बारेमा थाहा पाएपछि तपाई हामी जो कोहीको मन लोभिेने छ ।

एश्चर क्लिप होटल

यो हो स्विटजरल्याण्डको एश्चर क्लिप होटल जुन एक पहाडको फेदमा बनाइएको छ । यसको बनावट यस्तो छ कि यहाँ आउने जो कोही रोमाञ्चक महसुस गर्दछन् ।

एट्रप रिव्स होटल

यो हो फ्रान्सको एट्रप रिव्स होटल, जुन पूर्ण रुपमा प्रकृतिको काखमा बसेको छ । चारैतर्फ बरफका बीच सिसाले ढाकिएको यो होटलले गज्जबको महसुस गराउँछ ।

कोनार्ड होटल

यो होटल माल्दिभ्यको रंगाली आइसल्याण्डमा बनेको कोनार्ड होटल हो । फोटोले नै यो होटलको मनमोहकता बारे थुप्रै्र कुरा बयान गर्छ ।

रिस्ट्रोनेट ग्रोटा होटल

यो होटल इटालीको रिस्ट्रोनेट ग्रोटा होटल हो जुन पहाडमा रहेको एक गुफाभित्र बनाइएको छ ।

रयादी कराबी

इटालियन होटलजस्तै थाइल्याण्डको रयादी कराबीमा बनेको यो होटल पनि एउटा गुफाभित्र बनाइएको छ । फरक यति छ कि यो समुन्द्री तटमा अवस्थित छ ।

उबुद ह्याङ्गिङ गार्डन होटल

यो हो इन्डोनेसियाको उबुद ह्याङ्गिङ गार्डन होटल जसले घना जंगलबीच विलासिताको महसुस गराउँछ ।

पंचारन रिट्रिट रिसोर्ट

जंगलको बीचमा बनेको यो होटल प्रकृतीप्रेमीका लागि शानदार डेस्टिनेशन हो । यो होटल इन्डोनेसियाको बाली द्वीपमा बनेको पंचारन रिट्रिट रिसोर्ट ।

लाडेरा रिसोर्ट

सेन्ट लुसियाको लाडेरा रिसोर्टमा बसेर तपाईं निकै टाढासम्म प्रकृतिको अवलोकन गर्न सक्नुहुन्छ ।

भिला एसकुडेरो

फोटोमा देखिएको यो झरना वास्तविक हो र यहाँ पर्यटकलाई बस्ने पूरा प्रबन्ध छ । यो होटल फिलिपिन्सको भिला एसकुडेरो ।

होटल मोन्टाना म्याजिक लज

यो चिलीको चर्चित होटल मोन्टाना म्याजिक लज हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१