माघेसंक्रान्ति मेला देवघाट (फोटो फिचर)

ssapana44@gmail.com' jamuna aryal
१ माघ २०७५, मंगलवार १४:०९

चितवन– मकर स्नानका लागि कालीगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटमा स्नान गर्न नेपालका विभिन्न स्थानसँगै भारतका हिन्दु धर्मालम्बीहरु आउने गर्छन्।

मकर संक्रान्तिको समयमा दान गर्ने, पितृ श्राद्ध गर्ने, ब्रतबन्ध गर्ने, लाखबत्ती बाल्न पनि भक्तजनहरु आएका छन्। नारायणगढदेखि सात किलो मिटर दुरीमा रहेको देवघाट पुग्न आँपटारीको रुट प्रयोग गरिन्छ। मेलाको समयमा भक्तजनको आवागमनलाई सजिलो बनाउनका लागि चारपाङ्ग्रे सवारीसाधनलाई नियमित रुट आँपटारीको साटो रामनगर भएर देवघाट जाने रुट निर्धारण गरिएको छ। फर्किदाँ भने सवारीसाधनलाई आँपटारी हुँदै फर्किने व्यवस्था गरिएको छ। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१