माघेसंक्रान्ति अनि तरुल खानुको फाइदा

ssapana44@gmail.com' jamuna aryal
१ माघ २०७५, मंगलवार १०:४६

काठमाण्डौं – नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । 

अहिले बजारमा जताततै तरुल बेच्न राखिएको देख्न मिल्छ । माघ महिना सुरु भएसँगै बजारमा तरुलको माग एकदमै बढेको छ । तरकारी पसलदेखि ठेलागाढामा समेत राखेर तरुल बेच्नेहरु सहरबजारका गल्लीभित्रसम्म पुगेका हुन्छन् । 

मानव विकासको सुरुवातमा मानिसले खाने भनिएको कन्दमूल मध्येको एक तरुल पनि हो । तरुललगायत माटोमुनी फल्ने जड खाद्य पदार्थ सबै कन्दमुल हुन् । तरुललाई तरकारीको रुपमा र उसिनेर खाने गरिन्छ । अहिले बजारको मागलाई हेरेर व्यवसायीहरुले तरुल खेती गर्दै आएका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१