बासुधारा मकर संक्रान्ति मेलामा कलश यात्रा शुरु

ssapana44@gmail.com' jamuna aryal
३० पुष २०७५, सोमबार १७:०६

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ मा रहेको बासुधारा शिवालय तीर्थस्थलको मेलामा सोमबार दिउँसो कलश यात्रा शुरु भएको छ ।

दिपायलस्थित बासुधाराबाट निकालिएको कलश यात्रा दिपायल बजार, एअरपोर्ट, पिपल्ला बजार, पुल बजार हुँदै पुनः बासुधारामा गएर सकिएको थियो । कलश यात्रामा देल्पेश्वर माविका विद्यार्थी, स्थानीय भक्तजन तथा साधु सन्तहरुको समेत सहभागिता रहेको थियो ।

सोमबार राति मन्दिरमा सुदूरपश्चिमेली डेउडा खेल हुने र मंगलबार बिहान माघ १ गते भब्य रुपमा मकर मेला लाग्ने भएको छ । मेलाका लागि सम्पूर्ण तयारीसहित सोमबार दिउँसो कलश यात्रा निकालिएको दिप्पेश्वर मठ बासुधारा क्षेत्र विकास समितिका अध्यक्ष कर्ण द्धारीयाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेलाको सम्पूर्ण तयारी पूरा भई कलश यात्रा निकालेका छौं, रातिबाट भव्य मेला लाग्ने छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१