तस्बिरमा हिमाली जिल्ला वाजुरा

ssapana44@gmail.com' jamuna aryal
३० पुष २०७५, सोमबार ११:४६

बुटवल – राज्यले पर्यटकिय विकास गरेर संसार भरका मान्छे ओईरिन थालेका छन तर त्यस्ता धेरै मनोरम स्थलहरु अझै पनि ओझेलमा छन । तिनै मध्येको एक हिमाली जिल्ला वाजुरा । 

वाजुराका सुन्दर पहाडहरुको शव्दमा ब्याख्या गर्न साहित्यकारले नै बढि सक्लान ।  अझ समुन्द्री सतह देखि त्यहाँको  बडिमालिका माताको मन्दिर रहेको  चार हजार २ सय  १६  मिटर ईचाईमा  पुग्दा त त्यहाँको वर्णन गर्दै केहि लेखौं जस्तो भान हुन्छ । विशेषगरी बाजुरा ,बझांग, अछाम, डोटी, डँडेलधुरा, बैतडी, कालिकोट,हुम्लाको सदियौ देखि आश्थाको केन्द्र मानिने बडिमालिका माताको मन्दिरमा छिमेकी जिल्ला भारत, त्यहाको वारेमा बुझेका केहि विदेशी र स्वदेशका विभिन्न स्थानबाट पनि   तीर्थालु पुग्ने गर्दछन् । 

हरेक वर्षको जनैपुर्णीमा देखि  लाग्ने  त्यस मन्दिरको मोला भर्न ताती लाग्दै मानिसहरु उकालो लागेको दृश्य थप रमाणिय लाग्छ । बढो रमाईलो गदै साता दिनका दिन मानिसहरु झरी वादल, घाम पानी र चिसो मौसम नभनी त्यहाँ पुग्छन ।  सात दिन सम्म हिड्दा  थकाई लागे पनि माथी  टापुमा पुग्दा थकार्ई नै मर्छ ।  यति वेला बडिमालिका जानेहरूको लस्करले यतिखेर मालिका पुग्ने पहाडका बाटोहरू रंगीबिरंगी देखिएका छन् । 

स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गिनी सत्यदेवी होमिएर देहत्याग गरिसकेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर हिँड्दा मल्लागिरी पर्वतमा सत्यदेवीको एक अंग पतन भएर मालिकादेवी उत्पत्ति भएको र पछि त्यही बडिमालिकाका रूपमा स्थापित भएको मान्यता छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१