तोकिएभन्दा बढी समय बसोबास गरेका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन

ssapana44@gmail.com' jamuna aryal
३० पुष २०७५, सोमबार ११:३५

काठमाडौं – भिसामा तोकिएभन्दा बढी समय बसोबास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिबिना (ओभर स्टे) नेपालमा बसेको भन्दै देशनिकाला गरेको हो। सन् २०१८ मा तीन सय ७३ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ।

चिनियाँ नागरिक पर्यटक भिसामा आएर विकास निर्माणका काममा खटिँदै आएका छन्। पछिल्लोपटक गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर कोटेश्वर–कलंकी खण्ड सडक योजनामा कार्यरत पाँच चिनियाँ नागरिकलाई निकालेको थियो। उनीहरू सांघाई कन्स्ट्रक्सन ग्रुपअन्तर्गतका कर्मचारी थिए। पर्यटक भिसामै आएर परियोजनामा काम गर्ने र भिसाको समय नथप्ने भएकाले उनीहरूलाई निष्कासन गरिएको विभागले जनाएको छ। विभागका महानिर्देशक एवं सहसचिव ईश्वरराज पौडेलका अनुसार चिनियाँ कम्पनीले ठेक्का लिएका विभिन्न परियोजनामा कार्यरत धेरैजसो कर्मचारी निष्कासनमा परेका छन्। ‘काठमाडौंको रिङरोड, रसुवा करिडोर, होङ्सी सिमेन्ट कम्पनी तथा विभिन्न व्यवसायमा जोडिएका व्यक्ति भिसाको म्याद सकिएपछि पनि बसिरहेकाले निष्कासन गरिएको हो’, पौडेलले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१