जनकपुर – प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिवलाई कुटपिट गरेका छन् ।
मन्त्रालयमा कुराकानी गर्न उपस्थित भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले झापड हानेका हुन् ।
सचिवलाई मन्त्रीले झापड हान्दा प्रदेश दुईका सभामुख सरोज यादव पनि मन्त्रीको कार्यकक्षमै उपस्थित थिए ।
गरीबी निवारण कोषको कार्यक्रम आफन्तलाई नदिएको भन्दै मन्त्री यादवले सचिव झालाई झापड हानेका हुन् ।
झापड खाएका सचिव झालाई प्रहरी निरीक्षक बडाबाबु झाले भ्यानमा राखेर लगेका छन् ।
प्रतिक्रिया