‘डोटेली राजाको दरबार’ संरक्षण गर्ने

ssapana44@gmail.com' jamuna aryal
२९ पुष २०७५, आईतवार १५:३६

डोटी – दिपायल सिलगढी नगरपालिकाले भग्नावशेष अवस्थामा रहेको ‘डोटेली राजाको दरबार’ संरक्षण गर्ने भएको छ । यो दरबार संरक्षण तथा सम्बर्द्धनका लागि दिपायल सिलगढी नगरपालिकाले यस आर्थिक वर्षमा १५ लाख खर्च गर्न लागेको छ । बाइसे चौबीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको यो दरबार संरक्षण सम्बर्द्धनको अभावमा भग्नावशेष अवस्थामा रहेको छ । 

नेपालको राष्ट्रिय सम्पदाका रुपमा सूचिकृत यो दरबारको स्तरोन्नती गरी सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक संग्रहालयका रुपमा स्थापित गर्ने उद्धेश्यले दरबारको संरक्षण तथा सम्बर्द्धन गर्न लागिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो ‘दरबार भग्नावशेष अवस्थामा छ, हामी यसको संरक्षण र सम्बर्द्धन गरेर नमुना संग्रालय बनाउने छौँ ।’

डोटी दरबार झण्डै १५ औं शताब्दीतिर निर्माण भएको हुन सक्ने अनुमान छ । यो ठाउँमा दुईवटा भग्नावशेष दरबार भवन, भैरव मन्दिर रहेका छन् भने दरबार क्षेत्रको जमिन भित्रभित्रैबाट सेती नदिमा नुहाउन जाने गुफासमेत रहेको छ । दरबार भएको स्थानबाट दिपायल बजार, पिपल्ला बजार, दुधेश्वर, दिल्पेश्वर मठ, बासुधारा जस्ता क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ । दरबारमा ११ फिटभन्दा लामो ढुंगाको प्रयोग गरी आकर्षक डिजाइनमा निर्माण गरिएको भग्नावशेष पर्खाल अझै रहेको छ । दरबारमा प्रयोग भएका ढुंगा, काठ, छानामा प्रयोग भएका स्लेट सबै चोरी भैसकेको स्थानियबासीन्दाहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१