घरमै कारखाना सञ्चालन गरी अवैध रुपमा हातहतियार बनाउने एक व्यक्ति पक्राउ

ssapana44@gmail.com' jamuna aryal
२९ पुष २०७५, आईतवार १५:११

गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीले घरमै कारखाना सञ्चालन गरी अवैध रुपमा हातहतियार बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

गुल्मी धुर्कोट गाउँपालिका ३ हाडहाडे निवासी ५१ वर्षीय शेरबहादुर जीसीलाई घरमै अवैध रुपमा आरन संचालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार जिल्ला प्रहरी कार्यालय तम्घासमा पत्रकार सम्मेलन गरी अवैध रुपमा भरुवा बन्दुक बनाउनका लागि प्रयोग हुने सम्पूर्ण सामग्रीसहित जीसीलाई सार्वजनिक गरेको छ ।

प्रहरीले जीसीको घरबाट बरामद गरेका अवैध सामग्रीहरुमा तीन थान भरुवा बन्दुक, मेड इन कोलकत्ता लेखिएको एकथान टोय एर गन, दुई थान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउनका लागि प्रयोग हुने ६ पिस रड, बारुद, पटका, केप, बन्दुकको टेगर, कटिङ्ग प्लेट, सटगनको खोका, ब्याट्रि, युरिया र आरन पंखालगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१