नेपाल बिद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन चन्द्रनिगाहपुर ईकाइ समिति शुक्रबार गठन भएको छ । नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर बितरण केन्द्र र चन्द्रनिगाहपुर सब स्टेशनका कर्मचारीहरुको भेलाले खिवराज मगरको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय कर्मचारी युनियन चन्द्रनिगाहपुर ईकाइ समिति सर्बसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा श्याम बाबु साह, सचिव रमेश प्रसाद हुमागाई, सहसचिव केशव घिमिरे र कोषाध्यक्ष अनोखा कुमारी जयसवाल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सुरेश कुमार सिंह, गोबिन्द राना, जय किशुन साह, दुत ब. तामाङ, गुल्जार हजारी र राम नरेश साह रहनुभएको छ ।
राष्ट्रिय कर्मचारी युनियनको पुर्व केन्द्रिय उपाध्यक्ष राम नारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुई नम्बर प्रदेश सल्लाहकार सदस्य कबिन्द्रराज शाही, प्रदेश समिति सदस्य नरेन्द्र सिंह, चन्द्रनिगाहपुर बितरण केन्द प्रमुख शेख मक्सुद आलम लगायतको उपस्थििति रहेको थियो । उक्त भेलाले दिपक कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष खिवराज मगरले नेपाल सरकारको उज्यालो नेपाल अभियानलाई सार्थकता प्रदान गर्न तथा नेपाल बिद्युत प्राधिकरणको समृद्घिको लागि सधै साथ र सहयोग रहने बताउनुभयो । त्यस्तै कर्मचारीहरुको हक अधिकार तथा पेशागत समस्या समाधानका लागि समन्वयकारी भुमिका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा पुर्व केन्द्रिय उपाध्यक्ष राम नारायण साह र बितरण केन्द प्रमुख शेख मक्सुद आलम लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
तत्कालिन एमाले र माओवादी एकीकरण भए सँगै बिद्युत प्राधिकरण भित्रका उसका दुई भातृसंगठनहरु एमाले निकट कर्मचारी युनियन र माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन बीच एकता भई नेपाल बिद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन गठन भएको हो । यसअघि प्रदेश समिति र केन्द्रिय समिति पनि गठन भइसकेका छन् ।
प्रतिक्रिया