तेल ट्याङ्कर विस्फोट: घटनामा १२ जनाको शव

ssapana44@gmail.com' jamuna aryal
२८ पुष २०७५, शनिबार १६:५२

नाइजेरिया – नाइजेरियाको ओडुकपानी भन्ने ठाउँमा तेल ट्याङ्कर विस्फोट हुँदा धेरैको ज्यान गएको आशंका गरिएको छ । घटनामा १२ जनाको शव भेटिएको छ ।

पल्टिएको ट्याङ्करबाट चुहिएको तेल संकलन गर्न गएका स्थानीयहरुको विस्फोटमा परेर ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ । ट्याङ्कर पल्टिएपछि तेल चुहावट भएको थियो ।

स्थानीयवासी त्यही चुहिएको तेल संकलन गर्न त्यहाँ झुम्मिएको र त्यसै बेला तेल ट्याङ्कर विस्फोट भएकाले धेरै जनाको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएका २२ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटना शुक्रबार भएको हो । केही स्थानीयवासीले ६० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । तर प्रहरीले १२ जनाको शव संकलन गरेको छ । धेरै जना विस्फोटमा परेर खरानी भएको आशंका गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१