अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्बन्धविच्छेद

ssapana44@gmail.com' jamuna aryal
२८ पुष २०७५, शनिबार ११:१३

वासिङ्टन – हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्बन्धविच्छेद भएको छ। अमेजन कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन्। तीन महिनासम्म डेट गरेपछि उनीहरुले सन् १९९३ मा विवाह गरेका थिए।

अमेजनको सिइओको ट्विटर अकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै वैवाहिक जीवन राजीखुशीले अन्त्य गरेको उल्लेख गरेका छन्। उनीहरुले आफुहरु श्रीमान् श्रीमतीका रूपमा नरहे पनि नजिकको साथीका रूपमा भने रहिरहने जानकारी पनि दिएका छन्। ‘लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अब छुट्एिका छौं। सम्बन्धविच्छेद गरे पनि साथीको रूपमा हामी रहिरहने छौं,” वक्तव्यमा भनिएको छ।

एक अर्काप्रति कृतज्ञता प्रकट गर्दै उनीहरुले लेखेका छन्, ‘हामीलेसँगै बिताएको समय अत्यन्त सौभाग्यपूर्ण थियो। एकअर्कालाई पाएकोमा हामी भाग्यमानी हौं। हामी एक अर्काप्रति कृतज्ञता ज्ञापन गर्दछौं।’ ‘२५ वर्षपछि हाम्रो सम्बन्धविच्छेद हुन सक्छ भनेर यदि हामीलाई विवाह हुनुअगाडि नै थाहा भइदिएको भए पनि हामीले विवाह गर्ने थियौं। द

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१