अख्तियारले मुद्दा हाल्दा हाल्दा यातायात कार्यलयका कर्मचारी सिध्दिसके

ssapana44@gmail.com' jamuna aryal
२७ पुष २०७५, शुक्रबार १७:३८

काठमाडौं – यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले अख्तियारले मुद्दा हाल्दा हाल्दा ५० प्रतिशत कर्मचारी सिद्धिसकेको बताएका छन् ।

शुक्रबार संसदको विधायन समितिमा उनले घुस खाएर लाइसेन्स बिक्री गर्ने प्रचलन विगतमा रहेको बताएका हुन् ।

‘अख्तियारले मुद्दा हाल्दा हाल्दा यातायात कार्यलयका कर्मचारी सिध्दिसके, ५० प्रतिशत सिद्धिसके । तर हाम्रो नियन्त्रणको निरन्तर प्रयास जारी छ’ उनले भने ।

कार्यक्रममा सांसदहरुले ४० हजारमा लाइसेन्स बिक्री हुने गरेको घटना के हो भनी महानिर्देशक ढकाललाई प्रश्न गरेका थिए ।

यातायात कार्यालयमा अहिले धेरै सुधार भएको भन्दै केही चोर प्रवृत्तिका मानिसहरुका कारण समस्या भएको बताए ।

‘सुधार नै नभएको होइन । सबै अनलाइन सिस्टममा गएपछि बार्षिक ४/५ अर्ब राजश्व उठ्ने गरेकोमा २५/२६ अर्ब उठेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१