१ सय घण्टासम्म भाषण गरेर विश्व कीर्तिमान कायम

ssapana44@gmail.com' jamuna aryal
२७ पुष २०७५, शुक्रबार १७:२२

एजेन्सी – भारतको उत्तरप्रदेशमा पर्ने लखीमपुर–खिरीका एकजना युवकले सबैभन्दा लामो समयसम्म भाषण गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले लगातार १ सय घण्टासम्म भाषण गरेर उक्त कीर्तिमान राखेका हुन् ।

यतिश चन्द्र शुक्ला नामका ती युवकको नाम अब गिनिज बुकमा लेखिनेछ ।

उनले नेपालका अनन्तराम केसीको कीर्तिमान भंग गर्नेछन् । अनन्तले गत अगष्टमा ९० घण्टा २ मिनेटसम्म लगातार भाषण गरी गिनिज बुकमा नाम लेखाएका थिए ।

भारतीय युवा यतिशतले बुधबार बिहान साढे १० बजेबाट भाषण सुरु गरेका यतिशले लगातार १ सय घण्टासम्म म्याराथन भाषण गरे ।

गिनिज बुकका अधिकारीहरुले उक्त कार्यक्रमको अनलाइनमार्फत अनुगमन गरेका थिए ।

सय घण्टासम्म भाषण गर्ने यी युवकको नाममा अर्को कीर्तिमान पनि छ । उनले ४३ हजार २ वटा चाबी संकलन गरेर गिनिज बुकमा नाम लेखाइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१