महेन्द्रनगर । बलात्कारपछि हल्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरको राहत रकम लिन तयार र डीएनए परीक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले बिहीबार कुटपिट गरेको दुर्गादेवीले बताएकी छिन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
भीमदत्त नगरपालिका– २ उल्टाखामास्थित घरमा बिहीबार बिहान खाना बनाइरहेका बेलामा एक्कासी आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेवीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुवै छोरी स्कुल गएका थिए, यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गर्यो ।’
प्रतिक्रिया