कुकुर र बिरालो……………

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ भाद्र २०७१, शुक्रबार ०४:३०

नारायण अर्याल । 

यताउता घुम फिर
गर्दा कति कुरा अचम्म
लाग्दो पनि देखिदो रहेछ । यस्तै अचम्म र
बिचित्रको एउटा दृष्य
झापाको पथरियामा देख्न पाइन्छ । बच्चाले
आमाको दुध खाएको त हामीलाई थाहा नै छ ।
यो कुनै नौलो कुरा हैन । तर यहाँ एउटा अचम्म
लाग्दो घटना भएको छ जुन पत्याउन
पनि गाह्रो हुन्छ । कुकुर र बिरालोलाई
परापुर्ब काल देखि नै एक
अर्काका दुश्मनको रुपमा हेरिने गरिन्छ ।20140608_182036
दुईजना बीचको झगडालाई समेत कुकुर र
बिरालोको संज्ञा दिइने गरेको छ ।
तर कुकुर र बिरालो आपसमा मिलेर
बसेको कुरा सुन्दा अचम्म लाग्न सक्छ ।
झापाको पथरिया गा.बि.स.मा एउटा अनौठो घटना देख्न
पाईन्छ । पथरिया गा.बि.स. वडा नं. ८
सुकुनाडिगी बर्मेली टोल स्थित सुरज
सुबेदीको घरमा पालेको कुकुर र
बिरालोको अचम्म लाग्दो मित्रता देख्दा सबै
जना छक्क पर्ने गरेका छन् । उनले
पालेका ती जनाबरहरु यति मजाले मिल्ने मात्र
हैन दिएको खानेकुरा संगै खाने, संगै बस्ने,
एउटालाई बोलाउँदा दुइटै आउने गर्छन् ।
त्यति मात्रै हैन कुकुरको दुध बिरालोले निर्धक्क
संग खाइरहेको देख्न सकिन्छ । कुकुरले
आफ्नो छाउरो जत्तिकै माया गरेर बिरालोलाई
हुर्काएको छ । बिरालो पनि आफ्नै आमा जस्तै
गरी कुकुर संग लुटुपुटु गर्दै कुकुरको दुध खाने गर्दछ

सुबेदीले ती जनावरहरुलाई बिगत ३
बर्षदेखि पाल्दै आएको बताए । सुबेदीका अनुसार
ती जनावरहरु प्राय संगै बस्ने गर्दछन् ।
सुबेदीका बुबा डिल्ली राम सुबेदीले भने ‘म
जन्मिएर ८० बर्षको भईसके तर
जनावरहरुको यस्तो अनौठो ब्यवहार मैले
कैहिल्यै पनि देखेको थिइन ।’

प्रतिक्रिया