यी लक्षण देखिए कानको क्यान्सर हुनसक्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७५, बिहीबार १३:१०

प्रायजसो कानको नजिक एक गाँठो वा छाला जस्तो बन्छ, जुन छालाको समस्या नभई क्यान्सरको शरुवात हुन्छ । यसप्रकारको स्किन समस्यालाई बेसल सेल कार्सीनोमा र् घातक मेलेनोमा नामले जान्ने गरिन्छ । यो स्किन क्यान्सरको एक प्रकार हो, जो कानको छालाको नजिक हुन्छ । क्यान्सर विशेषज्ञ, सर्जन र फिजिशयन यो पत्ता लगाउन सक्षम हुन्छन् कि यो कुनै सामान्य छाला हो वा क्यान्सर उत्पन्न गर्ने ट्यूमर हो ।

कानको क्यान्सरको प्रकार

ट्यूमर, कुनै पनि समयमा कानको एक भागमा मात्र सम्म सिमित हुँदैन । यसले कानको विभिन्न भागमालाई प्रभावित गर्न सक्छ तर यो कुरा निर्भर हुन्छ कि क्यान्सर कुन प्रकारको हो । कानको क्यान्सरको उपचार र लक्षण यसको प्रकारमा निर्भर गर्छ ।

बाह्य कानको क्यान्सर

बाह्य कानको क्यान्सर अल्सरको रूपमा विकसित हुन्छ । सामान्यतयस् यस प्रकारको क्यान्सर स्किन क्यान्सरको रूपमा शुरुवात हुन्छ र बढ्दै जाँदा यो कान सम्म पुग्छ । केही अवस्थामा त कानको क्यान्सर मस्तिष्क सम्म पनि पुग्छ, जसलाई निकै खतरनाक स्थिति मानिन्छ । कानको बाहिरी भागमा फैलिएको क्यान्सरलाई सर्जरीको माध्यमले निको पार्न सकिन्छ ।

इअर केनल क्यान्सर

यस प्रकारको क्यान्सर कानको केनलमा देख्न सकिन्छ । विशेषगरी यो केनलको बाहिरी भागमा हुन्छ । इअर केनल क्यान्सर कानको बाहिरी आवरणको साथै भित्री केनलमा पनि ट्यूमरको रुपमा देख्न सकिन्छ । इअर केनल क्यान्सर यदी शुरुवाती अवस्थामा भएमा सर्जरीको माध्यमले निको पार्न सकिन्छ ।

मिडिल इअर क्यान्सर

कानमा हुने क्यान्सरले कानको बीचको भागलाई पनि प्रभावित गर्न सक्छ । यस किसिमको क्यान्सरको दुखाई निकै असहनीय हुने र कहिले काहीँ यसबाट रगत बग्ने हुन्छ । यस किसिमको क्यान्सरको उपचार बायोप्सी र सर्जरीको मद्दतले गरिन्छ ।

लक्षण

अल्सरको बढ्दो रुप वा ट्यूमरको शुरुवात

सूजन र घाँटीमा गाँठो

कानमा दुखाई

कपाल झर्नु

कानबाट प्रायजसो रगत बग्नु

केही अवस्थामा अनुहारमा पेरालाइसिस हुनु

कान बज्नु

चक्कर लाग्नु

कानको क्यान्सरको उपचारमा प्रयोग हुने चिकित्सा पद्धतीको बारेमा जान्नुहोस् ।

सर्जरी

प्रायजसो कानको क्यान्सरको शुरुवाती अवस्थामा सर्जरीको प्रयोग गरिन्छ । सर्जरीको समय सर्जन क्यान्सरको कोशिकाहरू र तन्तुलाई काटेर निकालिन्छ । रेडिएशन यदी क्यान्सरको कोशीका फैलिरहेको छ भने रेडिएशनको प्रयोग गर्नु निकै प्रभावकारी हुनसक्छ । रेडिएशनको समयमा निस्कने धेरै मात्रामा रेडियोएक्टिभ किरणको ऊर्जा क्यान्सरको सेल्सलाई नष्ट गर्छ । कीमोथेरेपी

कीमोथेरेपी एक प्रकारको उपचार हो, जसमा औषधीको माध्यमले क्यान्सरको कोशिकालाई नष्ट गरिन्छ । जसले गर्दा यो कोशिका शरीरको अन्य भागमा फैलन नसकोस् । कीमोथेरेपी क्यान्सरको कोशिकालाई नष्ट गर्ने अन्तिम विकल्प हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१