नासा प्रमुख रोबर्ट लाईटफुट जुनियर संस्कृत बोल्ने अभ्यासमा

ssapana44@gmail.com' jamuna aryal
२५ पुष २०७५, बुधबार १३:२९

काठमाडौं – नासा प्रमुख रोबर्ट लाईटफुट जुनियरले आफू संस्कृत बोल्ने अभ्यास गरिरहेको बताएका छन् । उनले संस्कृत संसारकै सबैभन्दा स्पष्ट भाषा भएको भन्दै आफू पनि यो भाषा बोल्ने अभ्यास गरिरहेको बताएका हुन् । भारतीय सञ्चार संस्था नवभारत टाईम्सको एक रिपोर्ट अनुसार लाईटफुले आफैं पनि संस्कृत सिकिरहेको बताउँदै भारत वर्षीयहरुले यसको महत्व नबुझेकोमा आफू आश्चर्यमा परेको समेत बताएका छन् । उनी जनवरी २०, २०१७ देखि अप्रिल २३, २०१८ सम्म नासाको कार्यकारी प्रशासकको काम गरिसकेका वैज्ञानिक हुन् । 

पहिले भारत वर्षीयहरु संस्कृत भाषामा नै बोलिचाली गर्ने गरेको बताउँदै उनले अहिलेका भारत वर्षीय देशका नागरिकहरुले किन संस्कृतलाई उपेक्षा गरेका हुन् भन्नेबारे आफू अचम्ममा लागेको बताए । यस अघिपनि राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) मा  संस्कृत सिक्ने काम भै रहेको समाचार आइसकेको थियो । नासमा रहेको एक अध्ययन समूहसंस्कृतको सागरबाट नयाँ खोजको सुरुवात गर्न गईरहेका छन् । उनीहरुले संस्कृतबाट अरु केही विकास गर्न सकिन्छ कि भन्नेमा थप अध्ययन गरिरहेका हुन्।

विश्व भाषाको इथियोलोगु सूचीका अनुसार विश्वमा करिब ६ हजार ९ सय भाषा रहेका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१