मलेसियामा नेपाली कामदार भर्तीको विषय दुई महिनामा टुङ्गो लाग्ने

ssapana44@gmail.com' jamuna aryal
२५ पुष २०७५, बुधबार १३:२२

काठमाडौं – मलेसियाले नेपाली कामदार भर्तीका लागि अझै दुई महिना लाग्ने बताएको छ । 

कामदार भर्ना प्रक्रिया र व्यवस्थापनको विषयमा अध्ययन गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन तयार पार्न थप समय लाग्ने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ ।

मलेसियाका सहायक मानव संसाधन मन्त्री दातुक मफुज ओमारले कामदार भर्तीका विषयमा छलफल भइरहेको र कामदार भर्तीको निर्णय स्वतन्त्र कामदार भर्ती समितिको प्रतिवेदन अनुसार नै हुने बताउनुभएको छ । 

नेपाली कामदार भर्तीको विषय समितिले प्रतिवेदन दिएपछि मात्रै टुङ्गो लाग्ने उहाँको भनाई छ । 

सोमबार क्वालालम्पुरमा पत्रकारसँग कुरा गर्दै उहाँले प्रतिवेदन तयार भएसँगै विदेशी कामदारका लिने प्रक्रिया सुरु हुने बताउनुभयो । प्रतिवेदन अध्ययन गरेर सरकारले विदेशी कामदारसम्बन्धी नीतिमा सुधार गर्न सक्ने उहाँको भनाई छ ।

गएको जेठदेखि नेपाल सरकारले विभिन्न बहानामा मलेसिया जाने कामदार ठगीमा परेको भन्दै मलेसियाको रोजगारी बन्द गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१