वैदेशिक रोजगारीमा ठगिएका युवाले क्षतिपूर्ति वापत रकम पाए

ssapana44@gmail.com' jamuna aryal
२५ पुष २०७५, बुधबार १३:१७

सप्तरी – वैदेशिक रोजगारीका क्रममा ठगिएका सप्तरीका पाँच युवाले क्षतिपूर्तिवापतको रकम पाएका छन् ।

शम्भुनाथ नगरपालिका वडा नम्बर १२ अर्नाहाका राजेश कुमार सरदार, श्रीप्रसाद सरदार, भुपेन्द्रप्रसाद सरदार, रमानन्द सरदार र संजिव सरदारलाई १ लाख २५ हजार रुपैयाँका दरले क्षतिपूर्तिवापत ६ लाख ५० हजार रुपैयाँ दिइएको आप्रवासी श्रोत केन्द्र राजविराजले जनाएको छ । 

स्थानीय सुरेन्द्र प्रसाद साहले पाँचैजनालाई मलेसिया पठाउने भन्दै ठगी गरेका थिए । साहले नेपालमा फर्निर्सिङ कार्पेन्टरको कामको लागि भनेर मलेसियामा काठ चिर्ने काममा लगाएको पीडितहरुले बताएका छन् ।  

नेपाल फर्किएपछि उनीहरुले सुरक्षित आप्रवासन सम्बन्धी सूचना तथा परामर्श केन्द्रमा घटनाको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१