न्यायका लागि गंगामाया युएनको शरणमा

ssapana44@gmail.com' jamuna aryal
२५ पुष २०७५, बुधबार ०९:२६

काठमाडौं – न्यायका लागि सत्याग्रही गंगामाया अधिकारीले संयुक्त राष्ट्रसंघ युएनको शरण पर्ने भएकी छिन् । वर्षौंदेखि छोराको हत्यारा कार्वाहीका लागि अनसन बसे पनि उनले न्याय पाउन सकेकी छैनिन् । 

केही समयअघि सरकारले हत्यारालाई जसरी पनि कार्वाही गर्ने भन्दै सरकारले अनसन तोडाएको थियो । गंगामायाका पति नन्दप्रसादको चार वर्ष अगाडि नै अनसन बसेकै समयमा मृत्यु भएको थियो । 

नन्दप्रसादको शव अहिले पनि त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा छ । सशस्त्र द्धन्द्धका क्रममा माओवादीले सुराकी गरेको आरोपमा उनका छोरा कृष्णप्रसादको हत्या गरेको थियो । 

गंगामायाले नेपालबाट न्याय नपाउने भएपछि छोराको हत्या प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१