२ दिने सूचना सुरक्षा मेला काठमाडौंमा हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ भाद्र २०७१, शुक्रबार ०४:०४

सावित्री बस्नेत / काठमाडौँ ,१३ भाद्र । इन्फर्मेसन सेक्युरिटीमा नयाँ क्रान्ति गुणस्तरीय सफ्टवेयर निर्माण सचेतना दिने उद्देश्इले राधानीमा २ दिने सूचना सुरक्षा मेला एस।क्यु।ए। इन्थुजियास्ट गर्ने भएको छ । सूचना प्रविधि समाज नेपालसँगको सहकार्यमा सूचना तथा सफ्टवेयर सुरक्षा सम्बन्धि मेला भदौ १५ र १६ गते शंकर होटेलमा हुनेछ।info security

सूचना सुरक्षा मेलाले सूचना चोरकिो विषयलाई बढी उठान गर्नेछ । पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा भइरहेको द्रुत विकाशसँगै सूचना सुरक्षामा चुनौती बढिरहेको छ र सुरक्षित सूचना हरेक संस्थाको प्रमुख सम्पतिको रुपमा रहेको हुन्छ । केहि सूचनाहरुको लागि गोपनीयता एक महत्वपूर्ण विशेषता हो । बैङ्किङ्ग, सरकारी एवं अनुसन्धान डेटा, चिकित्सा र बीमा रेकर्ड, नयाँ उत्पादन योजना, कर्पोरेट लगानी रणनीति आदि यसका केही ज्वलन्त उदाहरणहरु हुन्। २०१३ मा गरिएको एक अनुसन्धानका अनुसार वितिय क्षेत्र ९२९.२५० तथा सरकारी निकाय ९२.५५० सूचना चोरीको बढी जोखिममा रहेको देखाएको छ ।

सूचना सुरक्षा भनेको अनधिकृत पहुँच, प्रयोग, खुलाशा, व्यवधान, परिमार्जन, अवलोकन, रेकर्डिङ वा विनाश हुनेबाट रोक्ने प्रकृया हो । सूचना सुरक्षा कुनै पनि व्यापार वा संगठनमा जोखिम व्यवस्थापन र स्वस्थ कामकाज को लागि अत्यन्त आवश्यक रहेको छ।

हरेक व्यापार वा संगठनमा सूचना सुरक्षा महत्वपूर्ण अङ्ग भएतापनि नेपालमा सूचना सुरक्षामा सरोकारवालाहरुको ध्यान जान सकिरहेको छैन । यस्तो अवस्थामा सफ्टवेयर विकाशकर्ता, सफ्टवेयर प्रयोग गर्ने संघ(संस्था तथा सरकारी निकायका प्रतिनिधिहरुलाई र सम्पूर्ण सरोकारवाला व्यक्तिहरुलाई सचेतना गराउने उद्देश्यले सो मेला आयोजना गर्न लागिएको हो ।

सूचना सुरक्षा सम्बन्धि प्रस्तुती, उपकरणहरुको प्रदर्शनी, विशेषज्ञ तथा सरोकारवाला निकायहरु बिचको अन्तरक्रिया कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेका छन्सू । सूचना सुरक्षा अडिटर तथा प्रशिक्षकको रुपमा ३ दशकभन्दा बढी समय देखि काम गर्दै आएका ३ भारतीय विशेषज्ञहरु द्वारा सो मेलामा कार्यपत्र प्रस्तेत समेत हुने एसक्युए इन्थुजियास्टका नारायण कोइरालाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१