७५ प्रतिशत क्यान्सरको खतरा घटाउन सकिन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७५, मंगलवार १३:४६

क्यान्सरका कारण हुने मृत्युको ९० प्रतिशत कारण क्यान्सरको फैलावट हुने गर्दछ । मुसामा गरिएको एक अध्ययनबाट गम्भीर खालको क्यान्सर फैलने खतरा ७५ प्रतिशतले घटाउन सकिने देखिएको छ ।

मुसामा गरिएको अध्ययनबाट प्रतिरोधात्मक क्षमतामा फेरबदल गर्दा छालाको क्यान्सर फोक्सोसम्म फैलने खतरा कम हुने देखिएको क्यान्सर रिसर्च युकेका अनुसन्धानकर्ताले बताएका छन् ।

एक ठाउँमा भएको क्यान्सर शरीरको अरु भागमा फैलनुलाई मेटास्टेसिस भनिन्छ । प्रतिरोधात्मक क्षमतामा फेरबदल गर्दा मेटास्टेसिसलाई निकै कम गर्न सकिने सम्भावना देखिएको हो ।

क्याम्ब्रिजको सानगेर इन्ष्टिच्युडका अनुसन्धानकर्ताले क्यान्सर युक्त ट्युमर फैलनुको कारणबारे अनुसन्धान गरिरहेका छन् । अनुसन्धानकर्ताले आनुवंशिक रुपमा परिमार्जन गरिएका मुसा बनाएर अध्ययन गरेका हुन् ।

ति मुसामा क्यान्सर फैलिन नदिने खालको डिएनए थियो । यसमा सकारात्मक सफलता मिलेको अनुसन्धानमा संलग्न डा.डेविड एडम्सले बताए।

प्रतिरोधात्क कोषमा गरिने व्यवस्थापनले क्यान्सरको ट्युमर फैलनबाट रोक्ने देखिएको उनले बताए। यो विधि मानिसमा हुने क्यान्सर उपचारका लागि महत्वपूर्ण हुन सक्ने अनुसन्धानकर्ताले बताए । प्रतिवेदन नेचर जर्नलमा प्रकाशित भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१