पुस २४ गते मंगलबार
दिउँसोः देशभरि मौसम सामान्यतया सफा रहने छ । तथापि पूर्वी र पश्चिमी पहाडी भेगमा अपरान्हपछि आंशिक बदलीको संभावना छ । पश्चिमी पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना छ । साथै देशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।
रातिः देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना छ । साथै देशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।
पुस २५ गते बुधबार
दिउँसोः देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।
रातिः देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ ।
पुस २६ गते बिहीबार
दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पूर्वी पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमाली भेगमा हल्का हिमपातको संभावना छ ।
रातिः देशभरि नै मौसम सामान्यतया सफा रहने देखिन्छ तथापि पूर्वी र पश्चिमी हिमाली भेगमा हल्का हिमपातको संभावना देखिन्छ ।
प्रतिक्रिया