२० करोड कर्मचारीले विरोध प्रदर्शन

ssapana44@gmail.com' jamuna aryal
२४ पुष २०७५, मंगलवार ११:०२

काठमाडौं – भारतमा २० करोड कर्मचारीले विरोध प्रदर्शन गरेका छन् । उनीहरु दुई दिने आम हड्तालमा निस्केका हुन् ।

सरकारको नीतिको विरोध गर्ने क्रममा १० श्रमिक संघका कर्मचारीहरुले मंगलबार र बुधबार आम हड्ताल रोजेका हुन् । 

सरकारी नीति श्रमिक विरोधी भएको भन्दै १२ सूत्रीय माग राख्दै उनीहरु हड्तालमा उत्रेका हुन् । शिक्षा, स्वास्थ्य, टेलिकम, कोइला, स्टिल, बैंकिङ, इन्सुरेन्स र यातायातका १० श्रमिक संगठन आन्दोलनमा सामेल छन् । 

यसले गर्दा ती क्षेत्रमा ठूलो असर परेको छ । यसअघि सन् २०१६ र १७ मा पनि आम हड्ताल गरेका उनीहरुसंग सरकारले वार्ता गर्न जरुरी ठानेको छैन । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१