विराट कोहली र अनुष्का शर्मा मैदानमै खुशीयाली

ssapana44@gmail.com' jamuna aryal
२३ पुष २०७५, सोमबार १३:४६

काठमाडौं – भारतले अष्ट्रेलियाविरुद्धको टेष्ट सीरीज २-१ ले जितेको छ। सिडनीमा भएको टेष्ट खेलमा पानी परेपछि खेल समाप्त भएको छ । सिडनी टेष्टको अन्तिम दिन पानीका कारण खेल रद्द भएपछि भारतीय टोलिले जितको खुशीयाली मनाएको हो । सो समय कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्मा  मैदानमै खुशीयाली मनाए ।

विराट र अनुष्काले मैदानमा खुशीयाली मनाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।  विराटले उक्त जीतपछि पत्नी अनुष्कालाई मैदानमा अंगालो हाले ।

अनुष्का शर्मा पिछिल्लो केहि हप्तादेखि अष्ट्रेलियामा रहेकि छन् । साथै  विराटलाई साथ दिन प्राय हरेक खेलमा देखिने गरेकी छन् । विराट कोहलीले सो सीरीज जीतलाई करियरको सबैभन्दा ठूलो उपलब्धि बताएका छन् ।

भारतले ७१ वर्षपछि अष्ट्रेलियामा टेष्ट सिरिज जितेको हो । सिड्नी टेष्टको पाँचौं दिन वर्षा कारण ड्र भएको घोषणा गरेसँगै भारतले सिरिज जितेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१