जुम्ला हिमपातले सेताम्य, फोटोफिचर

ssapana44@gmail.com' jamuna aryal
२३ पुष २०७५, सोमबार ०९:५०

जुम्ला – जुम्लामा अत्यधिक चिसो बढे पनि हिमपात हुँदा किसानहरु खुशीले दंग भएका छन् । हिमपातले जुम्ला सेताम्य भएको छ । विगतका वर्षहरू भन्दा यस वर्ष ढिलो हिउँ परेको हो ।

बिगतका वर्षहरूमा मंसिर अन्तिम सातादेखि पुषको पहिलो सातासम्म हिमपात हुनुपर्ने भए पनि यस पटक भने पुसको अन्तिम सातामात्रै हिउँ परेको छ ।

जलवायु परिवर्तनका कारणले ढिलो हिउँ पर्न थालेको हो । ढिलै भएपनि जुम्लामा परेको हिउले यहाँको हिउँदेबाली सप्रने आशा कृषकले गरेका छन् । हिमपातसंगै बढेको चिसोले स्थानियको दैनिक जीवन भने निकै कष्टकर देखिएको छ । 

मौसम पूर्वानुमान महाशाखाले अझै हिमपात हुने क्रम जारी रहने बताएको छ । 

वर्षासमेत हुँदा विभिन्न ठाउँमा चिसो बढोको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार राति देशको पश्चिमी भू–भागमा पूर्ण बदलीसहित केही स्थानमा हल्का वर्षा भएको जनाएको छ । त्यसैगरी केही पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हिमपातसमेत भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि यो प्रक्रिया जारी रहने बताएको छ । 

यस्तो छ तीन दिनको पूर्वानुमान –
पुस २३ गते सोमबार–

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने देखिन्छ । देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।

 रातिः देशको पश्चिमी भू–भागमा आंशिक बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहने देखिन्छ । मध्य र पूर्वी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

पुस २४ गते मंगलबार–

दिउँसोः देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । 

रातिः देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । 

पुस २५ गते बुधबार–

 दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । 

 रातिः देशभरि नै  मौसम सामान्यतया सफा रहने देखिन्छ  । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१