ब्रेकअपका कारण गायिका नेहा कक्कड डिप्रेसनमा

ssapana44@gmail.com' jamuna aryal
२२ पुष २०७५, आईतवार १७:००

काठमाण्डौँ – गायिका नेहा कक्कड र अभिनेता हिमांश कोहलीको प्रेम सम्बन्ध वर्षको अन्त्यमा टुटेको छ । ब्रेकअपपछि गायिका नेहा कक्कडले आफूलाई सम्हाल्न निकै गाह्रो भइरहेको छ ।

यतिसम्मकी उनी निर्णायक रहेको ‘इन्डियन आइडल १०’ को सेटमा आफूलाई सम्हालन नसकेर सबैका अगाडि रोएकी थिइन् । र अहिले सार्वजनिक खबरहरुका अनुसार नेहा कक्कडलाई डिप्रेसन भएको छ । 

हिमांश कोहलीसँगको ब्रेकअपपछि नेहाले आफूलाई सम्हाल्न निकै प्रयास नगरेकी भने होइनन् । नेहाले क्रिसमस र नयाँ वर्ष २०१९ सेलिब्रेट गर्दै गरेका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

यस कुराबाट उनले आफू ब्रेकअपको कुरालाई बिर्सिएर नयाँ सुरुवात गर्दै गरेको कुरा समेत दर्शाएकी थिइन् । यससँगै मिडिया तथा उनका फ्यानहरुलाई लागेको थियो, नेहाले तितो अतितलाई बिर्सिएर अगाडि बढ्न खोज्दैछिन् । 

तर त्यसको २ दिनपछि नेहाले यस्तो कुरा सार्वजनिक गरिन् जसका कारण उनका प्रशंसकहरु फेरि दुःखी भएका छन् । नेहाले उनको इन्स्टाग्राम स्टोरीमा आफू अहिले निकै खराब परिस्थितिबाट गुज्रिरहेको र डिप्रेसनको शिकार भएको बताएकी छिन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१