हिमाली जिल्ला मनाङमा हिमपात

ssapana44@gmail.com' jamuna aryal
२२ पुष २०७५, आईतवार १६:४८

लमजुङ – काठमाण्डौँ उपत्यकामा अत्याधीक चिसो महसुश गरिएको छ भने हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । जिल्लाको माथिल्लो भेग ढुकुरपोखरी, खाङ्सार, ङावल, घ्यारुलगायतका ठाउँमा हिमपात भएको हो ।

‘दिउँसो १२ बजेबाट माथिल्लो भेगमा हिमपात भएको छ । यसवर्षको यो चौथौ पटक परेको हिमपात हो । चामेमा पनि फुरुफुरु हिउँ परिरहेको छ । चिसो अत्यधिक बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ,’ मनाङमा बसी पत्रकारिता गर्दै आउनुभएका नेगम परियारले टेलिफोनमार्फत जानकारी दिनुभयो ।

उहाँका अनुसार चिसोका कारण मानिसको चहपहल घटेको छ । अहिले मनाङमा चिसो हावाहुरी चलेको जिल्ला समन्वय समिति मनाङका लेखापाल रविन्द्र पौडेलले बताउनुभयो । ‘माथिल्लो भेगमा हिमपात भएको छ । आकाश कालो बादलले ढपक्क ढाकेको छ । बिहान–बेलुकी यहाँ एकदमै चिसो छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार चिसोका कारण धारामै पानी जम्न थालेको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१